उपत्यकाका तीनै जिल्लामा खुल्यो जग्गा कित्ताकाट | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

उपत्यकाका तीनै जिल्लामा खुल्यो जग्गा कित्ताकाट

jagga

काठमाडौं, १० फागुन । काठमाडौं उपत्यकामा जग्गा कित्ताकाट खुल्ला भएको छ। काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनै जिल्लामा कित्ताकाट खुल्ला गरिएको हो ।

उपत्यकाका तीनै जिल्लामा भूमि व्यवस्था तथा अभिलेख विभागले जग्गा वर्गीकरणको काम सकाएसँगै कित्ताकाट खुलाइएको हो । अहिलेसम्म स्थानीय तहले कृषि र गैर कृषि छुट्याएका हुन्। यो कित्ताकाट भने कृषि जग्गाको लागि मात्र खुलेको हो । गैर कृषि जग्गा भने अन्य विधामा वर्गीकरण गरिसकेपछि मात्रै खुल्ने जनाइएको छ ।

स्थानीय तहले अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा जग्गा वर्गीकरण गर्ने काम धमाधम भइरहेका छन्।

सरकारले मंसिर २३ गतेसम्ममा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन अनुसार हालसम्म करिब एक सय वटा पालिकाले मात्रै जग्गा वर्गीकरण गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);