चीनले उत्तर कोरियालाई पेट्रोलियम पदार्थ आपूर्ति गरिरहेको ट्रम्पकाे अाराेप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

चीनले उत्तर कोरियालाई पेट्रोलियम पदार्थ आपूर्ति गरिरहेको ट्रम्पकाे अाराेप

trump-2

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले उत्तर कोरियालाई पेट्रोलियम पदार्थ आपूर्ति गरिरहेको आरोप लगाएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमार्फत चीनले उत्तर कोरियालाई पेट्रोलियम आपूर्ति गरिरहेको आरोप लगाएका हुन् । उनले चीनको कदमले आफू निराश भएको उल्लेख गरेका छन् ।

ट्रम्पले चीनलाई रंगेहात फेला पारेको भन्दै उत्तर कोरियासँगको समस्या समाधान नहुने टिप्पणी गरेका छन् चीनले गोप्य रूपमा उत्तर कोरियालाई पेट्रोलियम स्थानान्तरण गरिरहेको समाचार प्रकाशन भएपछि ट्रम्पको प्रतिक्रिया आएको हो।

यसअघि चीनले संयुक्त राष्ट्रसंघद्वारा उत्तर कोरियामाथि तेल आपूर्तिमा लगाइएको प्रतिबन्ध आफूले उल्लंघन नगरेको दाबी गरेको थियो । गत साता उत्तर कोरियालाई आपूर्ति हुने पेट्रोलियम पदार्थको ९० प्रतिशत कटौतीका लागि अमेरिकाले गरेको प्रस्तावमा चीनले समर्थन गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);