राष्ट्रपति पदले समिकरणमा हलचल, को कहाँ पुग्दै ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

राष्ट्रपति पदले समिकरणमा हलचल, को कहाँ पुग्दै ( भिडियो रिपोर्ट )

काठमाडौँ, फाल्गुन १० \ माउन्टेन टेलिभिजन एचडी । राष्ट्रपति निर्वाचनका लागि फागुन १३ मनोनयनको मिति जति जति नजिकिदैछ सत्ता समिकरण बदलिने गरी गतिविधि बढिरहेका छन् । यो पदलाई दलहरुले प्रतिष्ठाको विषय मात्र बनाएका छैनन् राजनीतिक अस्त्र समेत देख्न थालेका छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच राष्ट्रपतिमा भित्री सहमतिको चर्चा चलेसँगै नेकपा एमालेमा छटपटाहट देखिइसकेको छ। उसले पनि नयाँ राजनीतिक अस्त्र फालेको छ। काँग्रेससहितको विपक्षी गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीलाई पक्षमा पार्न राष्ट्रपतिको कार्ड फालेको छ। एमालेले एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरेको छ। सोमबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीचको भेट राष्ट्रपतिकै विषयमा केन्द्रित थियो । त्यो भेटले नेपाली काँग्रेसलाई अप्ठ्यारोमा पारिदिएको छ। कुनैपनि बेला ओली र नेपालबीच पुनः हातेमालो हुनसक्ने सम्भावना बढाइदिएको छ।

एमाले आफूले नपाए आफू अनुकूलको अर्को कुनै उम्मेदवारले पाउन् भन्नेमा छ। यही पदको प्रतिष्पर्धामा आफ्नो राजनीतिक लाभ पनि खोजिरहेको छ।

उहाँ राष्ट्रपति दिएर पाँच वर्ष प्रधानमन्त्री बन्ने रणनीतिमा हुनुहुन्छ। यसलाई प्रचण्डको रणनीतिक चार्तुयताका रुपमा बुझ्न सकिन्छ। यही मौकामा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि दाबेदार देखिनुभएको छ। उहाँले मङ्गलबार आफ्नो दलका नेताहरुसहित प्रचण्डलाई बालुवाटारमा भेटी आफूलाई राष्ट्रपतिमा समर्थन गर्न आग्रह गर्नुभयो। ठाकुर आकांक्षी बनेर आउनुले राष्ट्रपतिको दौडलाई रोचक मात्र बनाएको छैन दाबेदार दलहरुबीच रस्साकस्सी बढेको छ। राष्ट्रपतिका लागि प्रतिष्पर्धा त एउटा घटनाक्रम मात्र हो। यसले भविष्यमा हुनसक्ने राजनीतिक अस्थिरताको तस्बिर देखाएको छ। देशमा राजनीतिक छलछाममात्र नभई षड्यन्त्रका घटनाहरु धेरै हुने संकेतहरु देखापर्दै गएका छन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);