नेपालमा पहिलो पटक आइस स्केटिङ सुरु ,राष्ट्रियस्तरको खेल बनाउन सकिने ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

नेपालमा पहिलो पटक आइस स्केटिङ सुरु ,राष्ट्रियस्तरको खेल बनाउन सकिने ( भिडियो रिपोर्ट )

विद्या तामाङ \ माउन्टेन टेलिभिजन एचडी ।

काठमाडौँ, फाल्गुन ९ । आइस स्केटिङ नेपालीहरुका लागि सपनाको खेल नै थियो । तर, यो सपना अब साकार भएको छ । नेपालमा पहिलो पटक आइस स्केटिङ खेलाउन सुरु भएको छ । खेलमा भन्दा मानिसहरु कोठामै सिमित भई मोबाइल र इन्टरनेट जस्ता उपकरणको अत्याधिक प्रयोगले जनजीवनमा नकरात्मक प्रभाव बढिरहेको अवस्थामा यस्ता खेलकुदका गतिविधिले मानसिक तथा शारिरीक रुपमा तन्दुरुस्त बन्न मद्यत मिल्दछ । मनोरञ्जन, व्यायाम, प्रतिस्पर्धात्मक खेलकुद लगायतका कारणले मानिसहरू स्केट गर्न रुचाउँछन् । अर्कातिर मोबाइलको बढ्दो प्रयोगले बालबच्चा अभिभावकबीचको दुरी कम गर्न पनि यस्ता खेलकुदले सहयोग पु¥याउने खेल पारखीहरु बताउँछन् ।

अन्य देशमा अन्तराष्ट्रिय र राष्ट्रिय स्तरमा आइस स्केटिङ तथा हक्की स्केटिङ खेलाइने भएपनि नेपालको परिप्रेक्ष्यमा हालसम्ममा दक्ष जनशक्तिको अभावमा स्केटिङप्रति रुचि भएको खेलाडीलाई प्रशिक्षण दिन नसकिरहेको अवस्था देखिन्छ। तथापि यस्ता खेलका माध्यमबाट हक्की स्केटिङमा रुचि राख्ने खेलाडीलाई फाइदा पुग्ने र राम्रो खेलाडी उत्पादनको सम्भावना रहन्छ । अर्कातिर आधुनिक प्रविधिको युगसगैँ मोबाइलको बढ्दो प्रयोगको लतबाट जोगाउन तथा रचनात्मक क्रियाकलापमा मानिसलाई आबद्ध गराउन मनोरञ्जनसगैँ यसले थप टेवा पु¥याउने देखिन्छ ।

अहिले युवापुस्तामा प्रविधिको प्रयोगले अल्छिपना ल्याएको छ भने पारिवारीक अन्तरक्रियामा समेत बाधा पु¥याएको छ ,अर्कातिर रचनात्मक कुरामा मानिसको सोच्ने शक्तिमा कमी आएको छ । यो चुनौतीहरुका बीच खेलबाट मनोरञ्जनका साथै नयाँ रोजगारीको अवस्था पनि सृजना हुन्छ । स्केटिङ खेल भित्रिएसँगै यसको निरन्तरता र विकासको चुनौती पनि छँदैछ । यद्यपि, यो खेलको विकासका साथै खेलाडी र राम्रा प्रशिक्षक जन्माएर स्केटिङको सुन्दर भविष्य निर्माण हुनसक्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);