८ राज्यका ७२ ठाउँमा राष्ट्रिय अनुसन्धान एजेन्सीको छापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

८ राज्यका ७२ ठाउँमा राष्ट्रिय अनुसन्धान एजेन्सीको छापा

एजेन्सी । भारतमा राष्ट्रिय अनुसन्धान एजेन्सी अर्थात एनआईएले मंगलबार बिहान ८ राज्यका ७२ ठाउँमा छापा मारेको छ । ग्याङ्स्टर लरेन्स र उनका नजिकका व्यक्तिहरूको लुकेर बसेको आशंकामा एनआईएले राजस्थान, पञ्जाब, हरियाणा, दिल्ली, चंडीगढ़, मध्य प्रदेश, गुजरात र उत्तर प्रदेशमा एकैसाथ कारबाही गरिरहेको छ।

स्रोतका अनुसार एनआईएलाई पाकिस्तानबाट बिश्नोई र बवाना गिरोहले आर्थिक सहयोग गरिरहेको छ, जसलाई राष्ट्रविरोधी गतिविधि गर्न प्रयोग गरिन्छ । सिद्धु मूसेवाला हत्या प्रकरणमा जेल परेका लरेन्स र नीरज बवानाले पनि हतियार आपूर्तिकर्ता गिरोह र आतंकलाई आर्थिक सहयोग गरेको स्वीकार गरेका थिए। एनआईएले छापा मार्दा धेरै ठाउँमा हतियार पनि फेला पारेको छ।

एनआईएले बवाना गिरोहका सदस्यहरूको लुकेको ठाउँमा छापा मारेको छ। यस क्रममा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जोधपुरमा एनआईए टोलीसँगै पुलिस बलका गाडीहरू पनि उपस्थित थिए। छापा मार्दा यहाँ कसैलाई पनि आउन दिइएको थिएन् ।

लरेन्स र नीरज बवानासँग सम्बन्धित नेटवर्कका सम्बन्धमा राजस्थानमा एनआईएको अपरेशन चलिरहेको छ। उनीहरूबाट तस्करी गरिएका विदेशी हतियारहरू प्राप्त भएको एनआईएले जानकारी दिएको बताइएको छ । एनआईएले जोधपुर, सिकर, चुरु, झुन्झुनु र बीकानेर–श्रीगंगानगरलगायत सीमाका केही क्षेत्रमा कारबाही गरिरहेको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);