काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकअघि महासचिव देव गुरुङले कटवाल प्रकरण दोहोरिन नदिन राष्ट्रपतिमा गैरराजनीतिक व्यक्ति चाहिएको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद विघटन पुनः दोहोरिन नदिन पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।
‘संविधानमा दल विशेषलाई बनाउने परिकल्पना छ ? संविधानको भावनाअनुसार जानुपर्छ ’, उहाँले भन्नुभयो ।
आफूलाई सबैको साझा बनाउन सक्नेलाई राष्ट्रपति बनाउनुपर्नेमा उहाँको जोड थियो । पुस १० को सहमति बारे सोधिएको प्रश्नमा उहाँ जंगिनुभएको थियो ।