स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा रोकिदैनः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा रोकिदैनः प्रधानमन्त्री

१६ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने स्पष्ट पार्नुभएको छ ।

स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा रोकिदैनः प्रधानमन्त्री

१६ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने स्पष्ट पार्नुभएको छ ।

साताव्यापी चीन भ्रमण पुरा गरी बुधबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रय विमान स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देश निर्वाचनमा गइसकेको भन्दै निर्वाचन नरोकिने स्पष्ट पार्नुभयो । उहाँले आगामी वैशाख ३१ गते हुने निर्वाचनमा सवै दलहरुको सहभागिता गराउन सरकारले पहल गरिरहेको बताउनुभयो ।

मधेसी मोर्चाको माग सम्बोधन हुनेगरी आफू चीन भ्रमणमा जानुअघि नै सहमति गर्ने तयारी गरेपनि समय अभावका कारण हुननसकेको उहाँको भनाइ थियो । प्रधानमन्त्री दाहालले मोर्चाका केही माग तत्काल र केही माग केन्द्रीय निर्वाचनसम्ममा सम्बोधन गर्ने गरी सहमतिको बातावरण बनेको दाबी गर्नुभयो । प्रधामन्त्री दाहालले आफ्नो चीन भ्रमण पूर्ण रुपमा  सफल रहेको दाबी गर्दै भ्रमणले दूइ देशबीचको समबन्ध अझ प्रगाढ बनाएको उल्लेख गर्नुभयो ।

उहाँले  नेपालले जारी गरेको नयाँ संविधान कार्यान्वनयमा चीनको सद्भाव रहेको समेत बताउनुभयो । प्रधानमन्त्री दाहाल चीनको हैनान प्रान्तमा सम्पन्न बोआओ सम्मेलनमा भाग लिन गत बिहीबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । बोआओ सम्मेलनमा भाग लिएलगत्तै प्रधानमन्त्री दाहालले बेइजिङ पुगेर चिनियाँ राष्ट्रपति सी जिन फिङसँग दूई पक्षीय भेटवार्ता  गर्नुभएको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);