काठमाडौं, ८ फागुन । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ ।
निर्वाचन आयोगको अनुसार आज दिउँसो १ बजे संघीय संसदमा मतदान अधिकृत कार्यालयको स्थापना गर्न लागिएको हो ।
यसअघि नै मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भइसकेका छन् । मतदान भने संसद भवनमा हुनेछ ।