अफगानिस्तानमा गर्भनिरोधक सामग्रीमा प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८१, मंगलबार

अफगानिस्तानमा गर्भनिरोधक सामग्रीमा प्रतिबन्ध

एजेन्सी । अफगानिस्तानमा सत्तामा रहेका तालिबानले गर्भनिरोधक सामग्रीको बिक्रीमा प्रतिबन्ध लगाएको छ । आतंकवादी संगठनका अनुसार मुस्लिमहरुको बढ्दो जनसंख्यालाई रोक्न यो पश्चिमी देशहरुको षडयन्त्र हो । पश्चिमी देशहरू मुस्लिम जनसंख्या वृद्धि गर्न चाहँदैनन्।

बेलायती अखबार ‘द गार्डियन’का अनुसार तालिबान आतङ्ककारीहरूले घर–घर गएर महिलाहरूलाई गर्भधारण रोक्न यी गर्भनिरोधकहरू प्रयोग नगर्न धम्की दिइरहेका छन्। यी गर्भनिरोधक औषधिको बिक्री रोक्न मेडिकल स्टोरहरूमा पनि खोजी भइरहेको छ।

अर्कोतर्फ तालिबानले गर्भनिरोधक औषधिमाथिको प्रतिबन्धलाई गलत भनेका छन् । साउदी अखबार द नेशनलसँगको कुराकानीमा तालिवानको स्वास्थ्य मन्त्रालयले भनेको छ– ‘मेडिकल स्टोरहरूको नियमित निरीक्षण गरिन्छ । बेलायती सञ्चारमाध्यमका समाचार गलत छन् । हामीले गर्भनिरोधकको बिक्रीमा प्रतिबन्ध लगाएका छैनौं।’

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);