तालिबानी र प्रहरीबीच भिडन्त, धेरै मानिस मारिएको आशंका | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

तालिबानी र प्रहरीबीच भिडन्त, धेरै मानिस मारिएको आशंका

एजेन्सी । पाकिस्तानको तोर्खाममा पाकिस्तानी तालिवान र प्रहरीबीच भिडन्त भएको छ । यसमा धेरैको ज्यान गएको बताइएको छ । अफगानिस्तानका पत्रकार अब्दुलहक ओमेरीले यसबारे जानकारी दिएका छन् । एक दिनअघि तहरीक–ए–तालिबान पाकिस्तान अर्थात टीटीपीले प्रहरीमाथि हमला जारी राख्ने धम्की दिएको थियो ।

टीटीपीले पाकिस्तानको हरेक राज्यमा पुलिसले पहिले निर्दोष मानिसहरूलाई जेलमा थुन्ने र पछि मुठभेडमा मार्ने आइतवार भनेका थिए । टीटीपीले एक महिनामा प्रहरीमाथि ३ वटा ठूला हमला गरेको छ । पहिले इस्लामाबाद, त्यसपछि पेशावर र दुई दिनअघि कराचीमा । यी तीन हमलामा कुल ११६ प्रहरी मारिएका छन् । यस क्रममा तीन आतंककारी पनि मारिएका थिए ।

टीटीपीले पाकिस्तानको अखबार ‘द बिजनेस रेकर्डर’ लाई अंग्रेजीमा पठाएको विज्ञप्तिमा यो धम्की दिएको हो । यसमा भनिएको छ– ‘हामी पाकिस्तानको पुलिसलाई स्पष्ट रूपमा भन्न चाहन्छौं कि उनीहरू हाम्रो युद्धबाट टाढा रहनुहोस् र सेनाको दास नबन्नुहोस् । यदि उसले हाम्रो विरुद्धमा कारबाही जारी राख्यो भने, यसको परिणाम भयानक हुनेछ । हामी शीर्ष प्रहरी अधिकारीहरूको घर र तिनीहरूको सुरक्षित आश्रयहरूमा आक्रमण गर्न जारी राख्नेछौं।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);