पायल्सको उपचार खानपानबाटै यसरी गर्न सकिन्छ | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

पायल्सको उपचार खानपानबाटै यसरी गर्न सकिन्छ

काठमाडौं, ७ फागुन । विभिन्न जीवनशैलीसँगै खानपानले गर्दा थुप्रैलाई आजभोली धेरै प्रकारको रोग लाग्ने गरेको देखिन्छ । जसमध्ये एक रोग हो, पायल्स ।

पायल्स मलद्वारसँग सम्बन्धित रोग हो । मलद्वारको आन्तरिक भाग तथा बाह्रय भागमा मासुको डल्लो जस्तो गाँठो पर्दछ । जसबाट बेलाबेलामा रगत निस्कने र त्यो डल्लो बाहिर निस्कने गर्दछ । मलद्वारमा रगतको सानासाना नलीहरु हुन्छन् । पायल्स भएमा ती नली (मलाशय) फुल्दै जान्छन् । यसरी फुल्लेका रगतका नलीहरु विस्तारै बाहिर निस्कन्छन् यसलाई नै पायल्स भनिन्छ ।

पायल्स दुई प्रकारको हुन्छः
1. आन्तरिक पायल्स

2. बाह्रय पायल्स

आन्तरिक पायल्स
आन्तरिक पायल्स मलद्वारको भित्री पट्टी दुई—तीन सेन्टिमिटर माथि हुन्छ । आन्तरिक पायल्स पिडारहित हुुन्छ ।

बाह्रय पायल्स
जबकी बाहिरी पायल्स मलद्वारको बाहिरी भागको दुई—तीन सेन्टीमिटर तल हुन्छ । मलद्वारको भाहिरी टिस्यूमा मासुको ससाना डल्लो हुने भएकोले यो बढी पिडादायक हुन्छ ।
तथापी, आन्तरिक पायल्सलाई यसको जटिलता एवं आकारका अनुसार चार ग्रेडमा वर्गीकृत गरिएको छ ।
पायल्सका लक्षणहरु
-दीसामा रगत आउने,
-मलद्वारमा मासु पलाउने, दुख्ने, मलाशय सुनिने चिलाउने, पायल्स रोगीमध्ये कसैको अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो पनि हुने,
-पायल्स हुँदा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन,
पायल्सका कारणहरु
-प्रायजसो कब्जियतका कारण पायल्स हुने गर्छ । कब्जियत भएमा मल त्याग गर्दा दवाव उत्पन्न हुन्छ । जसले गर्दा मलद्धार वरिपरिको नशा फुटेर
तथा त्यहाँबाट रक्तश्राव भएर नशा सुनिने गर्छ । र, पायल्स हुने गर्छ ।
-गर्भावस्थाको क्रममा पाचन समस्या हुने गर्दछ । यसले गर्दा थुप्रै महिलालाई पायल्सको समस्या हुने गर्दछ ।
-मोटापन, गलत खानापान, पोषक तत्वको कमी, कडा व्यायाम, लामो समय एकै ठाँउमा बसेर काम गर्ने बानी, शरीरमा तरल पर्दाथको कमी, डायरिया, औषधीको अनावश्यक प्रयोग, आणुवंसिक कारण लगायतले पनि पायल्स हुने गर्छ ।
पायल्स हुँदा के खाने के नखाने
खानपान र जीवनशैलीको कारण यो समस्या हुन्छ । चिल्लो, मसालेदार खानेकुरा, जो सजिलै पच्दैन यस्ता खानेकुरा पायल्सको कारण बन्न सक्छ । पायल्स भएका व्यक्तिले फाइवरयुक्त खाना खानुपर्छ । घरमा बनाएको खाना खानु उपयुक्त हुन्छ । खाना तोरीको तेलमा बनाउनु राम्रो हुन्छ । पानी धेरै खानुपर्छ । सागपात, हरियो तरकारी, फलफूल धेरै खानुपर्छ । मुला खाने, झोलिलो पर्दाथ बढी खाने, कब्जियत ठिक गर्ने किसिमको खाना खाने, भिंडिको सब्जी खाने, दही खाने । बाहिरको प्याकिङ गरिएको, डेरी प्रोडक, मैदाबाट बनेको खानेकुरा सकेसम्म खानु हुँदैन । आदुवा, रातो मासु, सुख्खा खानेकुरा खानु हुँदैन । उपचार विधि पायल्सबाट बच्ने उपाय भनेको स्वास्थ्य जीवनशैली अपनाउनु हो । यसका लागि खानपान स्वस्थ हुनुपर्छ । दिनचर्या सक्रिय हुनुपर्छ ।
उपचार विधि
-नियमित रुपमा दिसा गर्ने । दिसा त्यागको निश्च्ति समय
बनाउने ।
-दिशा गर्दा बल नगर्ने, हतार नगर्ने ।
-सुपाच्य खानेकुरा सेवन गर्ने ।
-पर्याप्त पानी वा झोलायुक्त खानेकुरा खाने ।
-फाइबरयुक्त खानेकुरा, साग, फलफूल सेवन गर्ने ।
-पिरो, मसलेदार, चिल्लो, तारेको, भुटेको खानेकुरा नखाने ।
-मदिराजन्य खानेकुरा, मासुजन्य खानेकुरा सेवन नगर्ने ।
-चिन्ता नलिने । पर्याप्त निन्दा लिने ।
घरेलु उपचार
-एउटा भाँडामा तातो पानी राख्ने र मलद्धारलाई डुबाएर राख्ने ।
-दिशा गरेपछि भिजाएको ट्वाइलेट पेपर प्रयोग गर्नुपर्छ ।
-मलद्धारलाई सफा राख्नुपर्छ । प्रतिदिन नुहाउनुपर्छ । मनतातो पानी पानीले मलद्धार सफा गनुगर्छ ।
-एलोपेथीक उपचार प्रभावकारी हुन्छ । यद्यपी केही आयुर्वेदिक औषधीले दीर्घकालीन रुपमा यस समस्याबाट छुटकारा दिन्छ ।
– हरेक दिन स्पाइनल् बाथ गर्नाले स्नायु प्रणलीमा उर्जा थपिदिनुको साथै पाचन नहरलाई बलियो बनाउन उपयोगी हुन्छ, विशेष गरी मलद्धारको पर्खाल र शिराहरु जुन धेरेै कमजोर अवस्थामा छन् ।
शल्याक्रिया गराउने अवस्था
पायल्स जटिल अवस्थामा पुगिसकेको छ भने शल्याक्रियाको विकल्प अपनाउन सकिन्छ । यसमा केही विधि छन् ।
– रबर ब्यान्ड लिगेशन— यसका लागि स–साना रबर ब्यान्ड प्रयोग गरिन्छ । यो पायल्सको जडमा लगाइन्छ । एक हप्तामा पायल्स सुक्छ ।
– स्केलेरोथेरेपी इन्जेक्सन— यस विधिमा एक केमिकल इन्जेक्सन लगाइन्छ । यसले पायस्ल सुकाउँदै लान्छ । यसले दुखाइ र सुन्न्ीएको भाग कम हुन्छ ।
– कोआगुलेशन— यस प्रविधिमा लेजर विा इनफ्रा रेड लाइट वा बाई पोलेर हिट टिटमेन्ट प्रयोग गरिन्छ ।
हरेक दिन प्राकृतिक चिकित्सा(न्याचुरोप्याथी) द्धारा आफ्नो शरीरलाई स्वास्थ्य र सफल बनाउन सकिन्छ । दैनिक बिहानको समयमा प्राणायाम जस्तो योगा गर्नाले सकरात्मक उर्जा थपिनुको साथै स्वास्थ्यलाई लाभदायीक हुन्छ । शारीरीक, मानसीक र सामाजकि रुपमा तन्दुरुष्ट हुनको साथै रोगहरुसँग लड्नको लागि प्रतिरोधात्मक शक्ति बढाउँछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);