आर्थिक अभावले शम्भु तिवारी राेग पालेर बस्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आर्थिक अभावले शम्भु तिवारी राेग पालेर बस्न बाध्य

खोटाङ । खोटाङको साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका ४६ वर्षीय शम्भु तिवारीको टाउकोभरि मासु पलाएकाे छ । मासु पलाएका कारण टाउकोमा टोपी लगाउनसमेत समस्या भएकाे छ । टाउकाे मात्र हाेइन पिठ्यूँमा पनि मासु पलाउन थालेकाे छ ।

पलाएका मासुको डल्लो रातका समयमा ‘चिरिक–चिरिक’ भएर दुःख्ने गर्छ । पिठ्युँमा पलाएको मासुको डल्लोका कारण उत्तानो परेर सुत्न सक्दैनन् तिवारी । दायाँ वा बायाँ कोल्टो परेर रात काट्ने गरेका छन् । मासुको डल्लो दिनानुदिन बढिरहँदा उनले आर्थिक समस्यका कारण उपचारमा जान भने सकेका छैनन् । अस्पताल गएर उपचार गराउने मन भए पनि आर्थिक अभावका कारण रोग पालेर बस्नु परिरहेको तिवारीले बताए । 

सुरुमा तिवारीको टाउकामा ससाना तीनवटा कोठी जत्रो गिर्खा पलाएको थियो । ऋणपान गरेर नर्सिङमा पुगेर काटेर फालिए । तर, वरपरबाट पुन मासुका गिर्खा पलाएर बढ्न थाले । आर्थिक समस्याले बीचमा उपचारमा जान सकेनन् । अहिले उनका टाउका र पिठ्यूँमा आलुको दाना जत्रा मासुको डल्लो छ । उनले मासुका डल्लोलाई टोलीले ढाक्ने गरेका छन् । शरीरमा निस्किएका डल्लो लुगाले ढाक्दा झट्ट कसैले देख्न सक्दैनन् । शरीरभरी मासुको डल्लो बढ्न थालेपछि उनलाई हाल उपचारमा जाने मन छ  । तर, आर्थिक अवस्था कमजोर भएकाले उनी हालसम्म अस्पताल जान सकेका छैनन् । 

घरमा श्रीमती, एक छोरा र एक छोरी छन् । छोराछोरीलाई पढाउने खर्च जुटाउन धौधौ परिरहेका बेला आफ्नो उपचार गर्ने हैसियत नभएको तिवारीले बताए । आफुलाई क्यान्सर भएको उनको अनुमान छ । ‘खर्च जुटाएर उपचारमा जाउँला भनेको धेरै भइसक्यो । अहिलेसम्म उपचारमा जान सकेको छैन,’ तिवारीले भने, ‘अहिले रातका समयमा पीडा हुनेगरी दुःख्छ । उत्तानो सुत्न हुँदैन । उपचारका लागि वडाबाट सहयोग मिल्छ की भनेर कुरा गरिरहेको छु ।’ 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);