मासुको विक्रि नहुँदा विराटनगरका मासु व्यवसायीहरु चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

यज्ञराज घिमिरे, विराटनगर,१२ असोज । दशैंमा अन्य समयको भन्दा बढी मासु खपत हुन्छ । त्यसैले त मासु व्यवसायीहरु दशैंलाई व्यपार गर्ने मुख्य समय मान्छन् । तर विराटनगरका व्यवसायी भने दशैंको वेलामा समेत मासुको विक्रि नभएपछि चिन्तित छन् ।

भारतसँग सीमा जोडिएको मोरङको विराटनगरका अधिकांश स्थानीय किनमेलका लागि भारतीय बजार नै पुग्ने गर्छन् । नेपाली बजार भन्दा केही सस्तो भएकाले पनि किनमेलका लागि भारतीय बजार नै रोजिन्छ । त्यसैले त दशैंको बेला मासुको कारोबार बढ्ने अनुमानमा यहाँका व्यवसायीहरुले लगानी बढाए । तर लगानी अनुसारको प्रतिफल भने हात परेन । स्थानीय मासु खरिदका लागि भनी भारतीय बजार धाउन थालेपछि यहाँको मासुपसलमा कुनै चहलपहल छैन । अहिले यहाँका मासु व्यसायीहरुलाई लगानी पनि नउठ्ने हो की भन्ने चिन्ताले सताएको छ ।

स्थानीय उपभोक्ताहरुले भारतीय बजारबाट मासु खरिद गर्न थालेपछि विराटनगरमा मासुको कारोबार निक्कै न्युन रहेको छ ।

अघिल्ला दशैहरुको तुलनामा अहिले विराटनगर बजारका सबै क्षेत्रको व्यापार खस्किएको छ । भारतीय बजारको प्रभावका कारण विराटनगर बजारको व्यापार बर्षे पिच्छे ओरालो लाग्दै गएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);