कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

काठमाडौं, ७ फागुन । कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङलाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई ४ वर्षे कार्यकालको लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकको सीईओका लागि २२ जनाले आवेदन दिएका मध्ये ५ जना सर्ट लिष्टमा परेका थिए । ती ५ जनाबाट उनी सीईओ बनेका हुन् । अन्र्तवार्ताबाट गुरुङ छानिएका हुन् ।

सिभिल बैंकमा सीईओको रुपमा काम गरेका गुरुङले म्यानमारको म्यानमार सिटिजन्स बैंकमा पनि सीईओ भएका थिए । उनीसँग बाणिज्य बैंकहरुमा साढे २६ वर्ष काम गरेको लामो अनुभव छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);