जासुसी बेलुनबारे चीनलाई अमेरिकाले दियो कडा चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८१, मंगलबार

जासुसी बेलुनबारे चीनलाई अमेरिकाले दियो कडा चेतावनी

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शनिबार चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीसँग भेट गरेका छन् । अमेरिकी आकाशमा जासुसी बेलुनहरू पठाउने आफ्नो “गैरजिम्मेवार कार्य“ नदोहोर्याउन उनले चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले चीनलाई अमेरिकाले आफ्नो सार्वभौमसत्ता र सुरक्षासँग खेलवाड नगर्ने चेतावनी दिएको बताए । ब्लिन्केनले ट्वीटरमा भने, “चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीसँग भर्खरै भेट भयो। मैले चिनियाँ निगरानी बेलुन घुसपैठको निन्दा गरेँ र यो फेरि कहिल्यै नहोस् भनेर जोड दिएँ। मैले चीनलाई रुसलाई भौतिक सहायता उपलब्ध गराउने विरोध गर्न आह्वान गरेको छु।“

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);