काठमाडौँ, ५ फागुन । आजदेखि नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष साँझ ७ बजेसम्म खुल्ला गर्ने भएको छ ।
यात्रुहरूको सुविधालाई ध्यानमा राखेर निगमले टिकट काउन्टर बिहान ९ बजे देखि बेलुका ७ बजे सम्म खुल्ला रहने व्यवस्था गरेको हो ।
बिहीबार एक सूचना जारी गर्दै निगमले शुक्रवार, शनिवार र सार्वजनिक बिदाको दिन पनि बिहान १० बजे देखि बेलुका ५ बजे सम्म बिक्री कक्ष खुल्ला रहने जानकारी दिएको हो ।