हवाई भाडामा विशेष छुटसहित अग्रिम टिकट बुकिङ खुल्ला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

हवाई भाडामा विशेष छुटसहित अग्रिम टिकट बुकिङ खुल्ला

tribhuwanintlairport

काठमाडौं, ५ असोज । दशैं, तिहार र छठलाई लक्षित गर्दै हवाई सेवामा पनि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा संचालक संघ, नेपाल,एओएएनले आइतबारदेखि हवाई भाडामा विशेष छुटसहित अग्रिम बुकिङ खुल्ला गरेको हो ।

संघले सबै आन्तरिक उडानतर्फका आफ्ना नियमित उडान सेवामा नेपाली नागरिकहरुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने जनाएको छ । उक्त छुट यही असोज १२ गतेदेखि कार्तिक २७ गते सम्म लागू हुने संघले जनाएको छ । दशैं, तिहार र छठकै लागि वायुसेवा संचालक संघले टिकटदेखि आन्तरिक उडानका सबै खाले व्यवस्थापन मिलाइसकेको बताएको छ ।

यात्रुको चापलाई हेरी थप उडान भर्न सक्ने गरी ६० देखि ७२ सिट क्षमताका ५ जहाज समेत तयारी अवस्थामा राखिएको पनि संघले जनाएको छ । भाडामा संघले दिएको १० प्रतिशत छुट बाहेक अन्य कुनै पनि छुट पनि जनाएको छ ।

गत हप्तामात्र सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले ७० वर्ष माथिका वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशतको छुट दिने घोषणा गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);