ग्याँस विस्फोटमा परेकी चन्द्र भण्डारीकी आमाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

ग्याँस विस्फोटमा परेकी चन्द्र भण्डारीकी आमाको मृत्यु

काठमाडौं, ४ फागुन । खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भिर घाइते भएकी डा. चन्द्र भण्डारीको आमा हरिकला भण्डारीको मृत्यु भएको छ । उनको उपचारको क्रममा आज बिहान साढे १० बजे बर्न अस्पतालमा मृत्यु भएको हो ।

बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका भण्डारी र उहाँको आमाको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको थियो । भण्डारीको कम्मरदेखि तलको भागसमेत शरिरको करिब २५ प्रतिशत भाग जलेको बताइएको छ । भण्डारीकी आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको अस्पतालले जनाएको थियो ।

आमालाई बचाउने क्रममा भण्डारीको शरीरमा पनि आगो लागेको आशंका गरिएको छ । भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको बताइएको छ ग्यास लिक भएर सिलिन्डर विस्फोट भएको आशंका गरिएको छ । सुतिसकेपछि करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);