कोरोना भन्दा खतरनाक मारबर्ग भाइरस गिनीमा भेटियो, ९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

कोरोना भन्दा खतरनाक मारबर्ग भाइरस गिनीमा भेटियो, ९ जनाको मृत्यु

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इक्वेटोरियल गिनीमा मारबर्ग भाइरस रोगको पहिलो प्रकोप पुष्टि गरेको छ । यो भाइरसबाट उक्त देशमा नौ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यो इबोला सम्बन्धित भाइरस रहेको बताइएको छ। इक्वेटोरियल गिनीबाट नमूनाहरू सेनेगलको प्रयोगशालामा पठाएपछि स्वास्थ्य एजेन्सीले प्रकोपको पुष्टि गरेको हो ।

अहिले यो भाइरसबाट ९ जनाको मृत्यु भइसकेको छ । १६ जना उस्तै लक्षण देखिने बिरामी रहेका छन् । उनीहरुमा उच्च ज्वरो, कमजोरी, पखाला र बान्ता जस्ता लक्षण देखिएको डब्लुएचओले जनाएको छ । मारबर्ग एक अत्यधिक संक्रामक भाइरस हो। अफ्रिकाका लागि डब्लूएचओ क्षेत्रीय निर्देशक डा. मात्शिडिसो मोएतीले भने, “इक्वेटोरियल गिनीका अधिकारीहरूले रोगको पुष्टिमा द्रुत र निर्णायक कार्यको लागि धन्यवाद, आपतकालीन प्रतिक्रियालाई तीव्र पारिएको छ ताकि हामी जीवन बचाउन र भाइरसको फैलावट रोक्न सक्छौं। जति सक्दो चाँडो रोक्न सकिन्छ।“

मारबर्ग भाइरस रोग हेमोरेजिक ज्वरोद्वारा हुने एक अत्यधिक भाइरल रोग हो। यस रोगबाट मृत्युदर ८८ प्रतिशत छ । यो रोग इबोला भाइरसको परिवारबाट आएको हो। मारबर्ग भाइरसले अचानक स्वास्थ्य समस्या ल्याउछ । उच्च ज्वरो र गम्भीर टाउको दुखाइले बिरामीलाई सताउँछ । धेरै बिरामीहरूले ७ दिन भित्र हेमोरेजिक ज्वरोको गम्भीर लक्षणहरू अनुभव गर्न थाल्छन्।

मारबर्ग रोग कसरी फैलिन्छ?
इबोला जस्तै, मारबर्ग चमेराबाट आउँछ र प्रत्यक्ष सम्पर्क मार्फत मानिसमा सर्छ। अर्थात् जसरी कोरोना भाइरस संक्रमित व्यक्ति, सतह र वस्तुबाट सर्छ, मारबर्ग रोग पनि त्यसैगरी फैलिन्छ। यो दुर्लभ भाइरस पहिलो पटक सन् १९६७ मा पत्ता लागेको थियो ।

मारबर्ग रोगको उपचार वा खोप छ?
हाल, यस भाइरसको उपचारको लागि कुनै खोप वा एन्टिभाइरल उपचार छैन। तर, शरीरलाई हाइड्रेटेड राख्नुका साथै लक्षणको उपचार गर्दा स्वास्थ्यमा सुधार हुने देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);