निर्मला कुर्मीलाई न्याय दिने सरकारसँगको सहमतिपछि महिला अधिकारकर्मीको आन्दोलन स्थगित | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

निर्मला कुर्मीलाई न्याय दिने सरकारसँगको सहमतिपछि महिला अधिकारकर्मीको आन्दोलन स्थगित

काठमाडौं । ४८ दिनदेखि आन्दोलनरत महिला अधिकारकर्मीहरुले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् ।

विगत लामो समयदेखि निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंको माईतीघरमा आन्दोलन गर्दै आएका उनीहरुलै तत्कालका लागि आज (बुधवार) बाट आदोलन स्थगित गरेका हुन् । मंगलवार राज्यसँग ३ बुँदे सहमति भएसँगै उनीहरुले आजबाट आन्दोलन स्थगित गरेका हुन् ।

सरकारसँगको सहमितमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी जाहेरीसँग सम्बन्धित कसुरको अनुसन्धान गर्नको लागि मुलुकी फौजदारी कार्यविधि संहीता २०७४ को दफा १२ बमोजिम विशेष अनुसन्धान टोली गठन गरी गहन र विस्तृत अनुसन्धान गरी दोषीको मुद्दा चलाउने सहमति भएको छ ।

त्यस्तै आन्दोलनरत पक्षले अनुसन्धान प्रक्रियाको समीक्षा गर्नेगरी न्यायिक जाँचबुझ आयोग गठनको मागलाई तत्कालका लागि थाँती राख्दै हाललाई तेस्रो चरणको ४८ दिनदेखिको धर्नासहितको आन्दोलन स्थगित गर्ने र आन्दोलनरत पक्षका व्यक्तिहरुको जिउ ज्यानको सुरक्षाको लागि सुरक्षा संयन्त्रको उचित समन्वय र प्रवद्र्धन गर्ने सहमति भएको छ ।

उहाँले निर्मला कुर्मीको न्यायका लागि यस पटक एसएसपीको नेतृत्वमा विशेष टोली बन्ने बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार