‘बाइभ्यालेन्ट’ खोप काठमाडौं आइपुग्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

‘बाइभ्यालेन्ट’ खोप काठमाडौं आइपुग्यो

काठमाडौं, १ फागुन । कोरोनाका नयाँ भेरियन्ट (ओमिक्रोन)लाई समेत नियन्त्रण गर्ने फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) काठमाडौं आइपुगेको छ ।

३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप सोमबार बिहान पहिलो चरणमा काठमाडौं आइपुगेको हो । स्वास्थ्य सेवा विभागको अनुसार सो खोप टुेकुमा भण्डारण गरिने र केही दिनमा सबै प्रदेशहरुमा आवश्यकता अनुसार पठाइने छ ।

कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत नेपाल सरकारले बाइभ्यालेन्ट खोप मगाएको हो । यो खोप ओमिक्रोनका सबभेरिन्यटको संक्रमणलाई रोक्न बढी प्रभावकारी हुने विज्ञहरुको भनाइ छ । पछिल्लो समयमा कारोना भाइरसको संक्रमण चीनमा फैलिरहेको छ ।

Leave a Reply