काठमाडौँ, २९ माघ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा र महासचिवमा रञ्जु दर्शना सर्वसम्मत चयन भएका छन् । काठमाडौँमा दुई दिन चलेको प्रथम महाधिवेशनबाट बास्कोटा पार्टीको नेतृत्वमा सर्वसम्मत रुपमा चयन भएकी हन् ।
पार्टीले उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन गरेको छ । त्यस्तै, सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी र कोषाध्यक्ष दामोदर नेपाल निर्वाचित भएका छन् । सबै पदाधिकारी सर्वसम्मत चयन भएको महाधिवेशन हलबाटै घोषणा गरिएको हो ।
केन्द्रीय सदस्यको लागि भने निर्वाचन गरिने भएको छ । विवेकशील साझाको केन्द्रीय समिति ६१ सदस्यीय हुनेछ ।