कपिलवस्तु क्षेत्र भित्र समयमाई देवीको मन्दिर ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

कपिलवस्तु क्षेत्र भित्र समयमाई देवीको मन्दिर ( भिडियो रिपोर्ट )

बिसांतर शाक्य  \  माउन्टेन टेलिभिजन एचडी ।

काठमाडौँ, माघ २८। गृहत्याग गर्नु भन्दा पहिले भगवान बुद्धले २९ बर्ष बिताएको पवित्र कपिलवस्तु दरवार क्षेत्रमा नै समयमाईको मन्दिर कहिले निर्माण भएको भन्नेबारे यकिन छैन । तर पी.सी. मुर्खजीले १८९९ मा बनाएको नक्सामा यस मन्दिरको उल्लेख गरिएको छ । पुरानो मन्दिरको जगमा रहेका केही ईटाहरु प्रयोग गरि नयाँ एकतल्ले मन्दिर निर्माण गरिएको छ । मन्दिर भित्र तीन वटा कालो ढुँगाहरु राखिएको छ। जसमा बिचको ढुंगालाई समय माईको रुपमा पुजा गर्ने गरिन्छ । यो मन्दिरको बिशेषता भने कै यहाँ हात्तिका मुर्तिहरु चढाउने गरिन्छ । त्यसैले यस मन्दिरको चारै हात्तिका थुप्रै मुर्तिहरु चढाएको देख्न सकिन्छ।

मन्दिरमा मनोकामना पूरा होस भनेर देवीको पुजा गरिन्छ । मनाकोकामना पुरा भएपछि देवीलाई कृतज्ञता स्वरुप मन्दिरमा हात्तिका मुर्तिहरुका साथै पुजा अर्चना गरि प्रशाद चढाउने चलन छ। यसरी चढाउनेमा भण्डारा वा प्रशाद भनिने अनुष्ठानिक भोज लगायत पर्दछ । मन्दिर रहेकै स्थलमा पकाईने भोज (प्रशाद) सबैभन्दा पहिले देवीलाई चढाईन्छ र त्यसपछि परिवार आफन्त र अन्य भक्तजनहरुलाई बाँड्ने गरिन्छ । लामोसमय सम्म पनि सन्तान नभएर राजा शुद्धोधनको चिन्तित भएको बेला आषाढ पुर्णिमाको दिन महारानी महामाया देवीले अत्यन्तै सुन्दर स्वेतकेतु हात्ति दायाँ हातको काखीबाट भित्र पसेको सपनामा देखेको किंमदन्ती छ । सपनाबाट त्रसित रानी महायामाले विहानै राजा शुद्धोेधनलाई सबैकुरा सुनाएपछि विद्धान ब्रम्हाणहरुसँग परामर्श गर्दा महारानी गर्भवति भएको र ३२ लक्षणले युक्त पुत्र प्राप्त हुने बताइयो । राजा रानीको मनोकामना पुरा भएको स्थान र हात्तिले गर्भ प्रवेश गरेको हुनाले स्थानीयवासीहरु पनि आफ्नो मनोकामना पुरा भएपछि हात्ति चढाउने चलन स्थापित भएको हो ।

मन्दिरमा हरेक बर्ष माघ फागुनमा मुख्य मेला लाग्दछ । सीमापारीबाट भारतीयहरु भक्तजनहरु पनि आउने गर्दछन् । यस समयमा यहाँ परम्परागत पुजा, महिलाहरुबाट भजन गाउने ,ढोल बजाउने, बालबच्चाहरुको केश मुण्डन गर्ने, पवित्र ग्रन्थहरु पाठ गर्ने, प्रशाद चढाउने लगायतका अनुष्ठान हुन्छन् । स्थानीय गाउँका भक्तजनहरुले दैनिक रुपमा मन्दिरको सरसफाईका साथै रेख देख गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);