‘भ्यालेन्टाइन डे’ को अवसरमा जेष्ठ नागरिक रोमान्टिक डिनरको आयोजना | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

‘भ्यालेन्टाइन डे’ को अवसरमा जेष्ठ नागरिक रोमान्टिक डिनरको आयोजना

काठमाडौं । ‘भ्यालेन्टाइन डे’ को अवसरमा ‘एकेडेमी अफ क्युलिनरी आर्टस एण्ड हस्पिटालिटी म्यानेजमेन्ट तथा सेन्टर फर लिडरसीप एण्ड इन्टरप्रेनरसिप’ कलेजले ७० वर्ष माथीका जेष्ठ नागरिक लछित कार्यक्रम गर्ने भएको छ ।

आगामी फाल्गुन २ गते परेको ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवशको अवसरमा ललितपुर, लगनखेलस्थित उक्त कलेजले यस्तो कार्यक्रम गर्ने भएको हो ।

फेब्रुअरी १४ लाई विश्वव्यापी रुपमा प्रेममिलनको दिनको रुपमा मनाइदै आएको छ । रोमियो र जुलिएटको कथामा आधारित रहेर उक्त दिनलाई युवा– यवतीले एकअर्कामा प्रेम साटासाट गर्ने दिनको रुपमा यो प्रचलित छ ।

यसका लागी बिभिन्न व्यापारिक संस्थाहरुले युवा लछित कार्यक्रम गर्दै आइरहेका छन् । जेष्ठ नागरिक लछित यस्तो कार्यक्रम नेपालमा भने पहिलो रहेको आयोजकको दाबी छ ।
उक्त्तदिन बिभिन्न मौलिक पहिरनमा सजिएर आउनुहुने १०० अग्रज जोडीलाई बिभिन्न खानाका साथै साँस्कृतिक मनोरन्जन प्रदान गर्ने कार्यक्रम रहेको छ ।

७० वर्ष पुगेका र नाघेका सय जोडीलाई साँस्कृतिक कार्यक्रम सहित रोमान्टिक डिनरको आयोजना गरी उहाँहरूको माया, आशिर्वाद लिने जमर्को गरेको कलेजको दाबी छ । जो कोही पनि सहभागी हुन सक्ने यस कार्यक्रममा सहमागिले शुल्क तिर्नुपर्ने छैन् ।

कलेजका वरिष्ठ प्रबन्धक राम राज आचार्यका अनुसार साँझको ४ बजेदेखि ७ः३० सम्म चल्ने उक्त समारोहमा भाग लिनको लागि ७० वर्ष वा त्यो भन्दा माथिको उमेरका बुवाआमा आफैले वा आफन्त मार्फत यहाँ (https://forms:gle/abXruvuv6hHTUv3z5) को लिन्कमा गइ गरी फारम भर्नु पर्ने छ । साथै, ९८०१२९८०५० मा सम्पर्क गर्न सकिने छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);