राप्रपा प्रति झाँक्रीको आक्रोश– संसदमा जात्रा भयो, व्यवस्थाका विरुद्ध विष बमन गर्न बन्द गर्नुहोस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राप्रपा प्रति झाँक्रीको आक्रोश– संसदमा जात्रा भयो, व्यवस्थाका विरुद्ध विष बमन गर्न बन्द गर्नुहोस

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गर्नु भएको छ ।

संसद भित्रै संविधानविरुद्ध विषवमन गरेर सो पार्टीले ‘जात्रा’ देखाएको भन्दै उहाँले आपत्ति समेत जनाउनु भयो । बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै सचिव झाक्रीले जनतालाई फेरी पनि निराश बनाउने गरी संविधान र व्यवस्थाकोविरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दिनु भयो ।

सचिव झाँक्रीले ठूला दलहरुले जनताको अवस्थामा परिवर्तन हुने गरी कामै गरेर देखाउने बेला आएको पटक–पटक दोहो¥याउनु भयो । उहाँले सरकारमा गएकाहरुले पनि जिम्मेवारीपूर्ण ढंगले जनताको पक्षमा काम गर्नुपर्ने बताउनु भयो । सचिव झाँक्रीले भन्नु भयो, ‘अव जिम्मेवारपूर्ण ढंगले अघि बढने हो कि भन्ने लाग्छ । हाम्रा दलहरुका दलीय व्यवस्था, हाम्रो संस्कार, हाम्रो संस्कृति जे बनिरहेका छन । संसदमा जात्रा देखिएको छ । व्यवस्थाका विरुद्धमा विष बमन गरिएको छ । त्यही संविधानका विरुद्ध विषवमन गरिएको छ । यसले जनतालाई निराश बनाएको छ । अहिले यसो गर्नका लागि अव धेरै कुरा बाहिर बोलेर होइन । चेन्ज हुने गरी गर्नु पर्दछ ।’

सचिव झाँक्रीले व्यवस्था परिवर्तन भएकाले अव जनताको अवस्था परिवर्तन हुने गरी काम गर्नेगरी सबै राजनीतिक दलहरुले योजना बनाउनुपर्ने बताउनु भयो । उहाँले बदलाको भाव राखेर मुलुकलाई समृद्ध बनाउन नसकिने पनि बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);