राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दशौदी निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दशौदी निर्वाचित

काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनमा नेकपा एमालेका कुमार दशौदी निर्वाचित भएका छन् ।

दशौदीले नेपाली कांग्रेसका माधव आचार्यलाई पछि पार्दै ४ हजार २६ मतभारका साथ विजयी भएका हुन् ।

कांग्रेसका माधव आचार्यले ३ हजार ७२० मतभार ल्याए भने, नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रबीर रायले १९२ मतभार पाए । निर्वाचनमा ३०४ मत खसेको थियो।

नेकपा एमालेबाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि खाली रहेको सिटमा उप–निर्वाचन भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);