ओलीको अहंकार कायमै रहे संसद पाँच वर्ष अघिनै विघटन हुने डर छः प्रदीप पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ओलीको अहंकार कायमै रहे संसद पाँच वर्ष अघिनै विघटन हुने डर छः प्रदीप पौडेल

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अहंकार कायमै रहे संघीय संसद पाँच वर्ष अघिनै विघटन हुने डर आफूलाई लागेको बताउनु भएको छ ।

ओलीले संसदमा गरेको पछिल्लो सम्बोधनले त्यो कुरालाई संकेत गर्ने उहाँको जिकीर थियो । बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले केपी ओली प्रवृत्ति बलियो हुँदै गयो भने त्यसले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन नसक्ने आरोपसमेत लगाउनु भयो । नेता पौडेलले ओलीले आफ्नै अहंकारका कारण आफू नेतृत्वको सरकार गुमाउनु परेको पनि बताउनु भयो । ओलीले दुई तिहाई नेतृत्वको सरकार चलाउन पाएपनि मुलुकको हितमा काम गर्न नसकेको उहाँको बुझाई थियो ।

नेता पौडेलले छोटो समयमै सत्तालिप्सा देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि असन्तुष्टि व्यक्त गर्नु भयो । मुलुकमा बैकल्पिक शक्ति भनेर उदाएको सो पार्टीले पुरानै शैली अप्नाएर मुलुकलाई अघि बढाउने योजना ल्याउन नसकेको उहाँको भनाई थियो । नेता पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भईरहेको टिप्पणी समेत गर्नु भयो । आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै उहाँले त्यो ठाउँ संसद हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भईरहेको बताउनु भयो । नेता पौडेलले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरुले राख्न नसकेको उल्लेख गर्नु भयो । उहाँले संसदमा झूटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखि नेताहरुले बोल्ने गरेकोमा पनि आपत्ति जनाउनु भयो ।

नेता पौडेलले मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दावी गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);