ओलीले पनि गठबन्धन गर्नु भएको छ, तीनको अनुहार हेर्नुहोस्ः कांग्रेस नेता पौडेल  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

ओलीले पनि गठबन्धन गर्नु भएको छ, तीनको अनुहार हेर्नुहोस्ः कांग्रेस नेता पौडेल 

ramchandra paudel

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पछिल्लो समय नेपालमा प्रगतिशिल र प्रतिगामी शक्तिबीच प्रतिस्पर्धा चलेको बताएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मुखमा यो प्रतिस्पर्धा अझ चुलिएको उनले बताए ।

‘अहिले पाँच दलीय गठबन्धनलाई कमजोर बनाउने प्रयास भइरहेको छ । गठबन्धनलनाई कमजोर बनाउनु भनेको अस्थिरतलाई साथ दिनु हो,’ कांग्रेस नेता पौडेलले भने, ‘प्रतिगामी शक्तिहरु एक ठाउँमा जम्मा हुँदैछन् । आज कांग्रेस र कम्युनिस्टको झगडा होइन । प्रतिगामी शक्ति विरुद्ध प्रगतिशील शक्ति एक ठाउँमा उभिएका हुन् । हामीले लोकतन्त्र जोगाउनको लागि लड्नु पर्छ ।’

राजनीतिक स्थिरत कायम गर्न पाँच दलीय गठबन्धन बनेको दाबी उनले गरे । स्थिरिता नहुँदा विकास हुन नसकेको उनले बताए । ‘यो गठबन्धनको खिलाफमा केपी ओलीले पनि गठबन्धन गर्नु भएको छ । क–कसलाई लिएर गर्नु भएको छ, तीनको अनुहार पनि हेर्नुहोस्,’ नेता पौडेलले भने ।

केही समय राजनीतिक स्थीरता भयो भने श्रीलंकाले जस्तो संकट भोग्नु नपर्ने उनले जनाए । उनले थपे, ‘हामी आफैले देशमा राजनीतिक स्थिरता कायम गर्न सकेका छैनौं ।’  ओलीलाई निमित्त नायक बनाएर मुलुकलाई अस्थिरता तर्फ धकेलिएको दाबी उनले गरे । यसैकारण आज ओलीलाई बलियो बनाउन गठबन्धनको विरुद्धमा कार्य भइरहेको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);