काठमाडौं, २५ माघ । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताको सुविधा नदिन माग गर्दैै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाई हुने भएको छ ।
कांग्रेसबारे अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध निवेदन दिएपछि आज सुनुवाइ हुन लागेको हो । न्यायाधीश सपना मल्ल प्रधानको आदेशपछि उक्त रिट निवेदन दर्ता भएको हो । यसअघि उक्त निवेदन दरपिठ भएको थियो ।