लुम्बिनीमा राष्ट्रियसभा सदस्यको निर्वाचन आज, कस्ले मार्ला बाजी ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

लुम्बिनीमा राष्ट्रियसभा सदस्यको निर्वाचन आज, कस्ले मार्ला बाजी ?

काठमाडौं, २५ माघ । लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदैछ । बुधबार बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

मतगणना सकिएको एक घन्टाभित्रै परिणाम सार्वजनिक भइसक्ने कार्यालयको अनुमान छ । माघ ११ गते राष्ट्रियसभा सदस्य पदका लागि तीन दलबाट तीन जनाको उम्मेदवारी दर्ता भएको थियो । सत्तारूढ दलमध्येका नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस गरि तीन जना चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

एमालेका उम्मेदवार कुमार दसौदी, कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय प्रतिष्पर्धामा उत्रिएका हुन् । गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुन्छ ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशमा कुल १०९ पालिकाहरु रहेका छन् । तीमध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २/२ तथा राप्रपा र जनता प्रगतिशीलले १/१ स्थानमा जितेका छन् । ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/१ सिट जितेका छन्। यहाँ स्वतन्त्रबाट २ जनाले जितेका छन् । तीन जनाले जिते पनि फेरि एक जना माओवादी केन्द्रमै फर्किएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);