लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउन संसद अधिवेशन अन्त्य गर्न मिल्दैन्ः सुवाष नेम्वाङ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउन संसद अधिवेशन अन्त्य गर्न मिल्दैन्ः सुवाष नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताउनु भएको छ ।

कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका लागि संसद अधिवेशन अन्त्य गर्न नमिल्ने तर्क समेत गर्नु भयो । तर विगतका सरकारहरुले पार्लियामेन्टमा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उहाँको निष्कर्ष थियो । सोमबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै उहाँले हरेक लोकतान्त्रिक सरकारले अध्यादेशको बाटो जान नपरोस् भन्ने सोच राख्नुपर्ने स्पष्ट पार्नु भयो । उपाध्यक्ष नेम्वाङले संसदलाई बन्द गरिदिने अनि अध्यादेश ल्याउने सजिलो बाटो सरकारले खोज्न नहुने पटकपटक दोहो¥याउनु भयो । संसदलाई छलेर अध्यादेश ल्याउने काम संविधानमा पनि नभएको उल्लेख गर्दै त्यस्तो काम गर्न नमिल्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्ने उहाँले औंल्याउनु भयो ।

उपाध्यक्ष नेम्वाङले संविधानमा त्रुटी देखाएर गल्ती आफूले गर्ने काम सरकारले नगर्न नमिल्ने पनि बताउनु भयो । भारतीय संविधान निर्माता अम्बेडकरको भनाई उधृत गर्दै उहाँले गल्ती, कमीकमजोरीहरु आफूमा राखेर संविधानमा त्रुटी देखाउने काम सरकारले गर्न नहुने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);