रामचन्द्रलाई राष्ट्रपति बनाउन प्रचण्ड सकारात्मक | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

रामचन्द्रलाई राष्ट्रपति बनाउन प्रचण्ड सकारात्मक

ramchandra paudel

काठमाडौं, २३ माघ । राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा पात्रहरुबारे छलफल बढेको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषय उठाउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक तीरबाट दुई शिकार गर्न खोजेका छन् । उनी राष्ट्रपति चुनावमा आफू निर्णायक शक्ति बनेर सत्ता सकेसम्म पाँच वर्ष नै चलाउने माहोल बनाउन खोज्दैछन् । अर्कोतर्फ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शक्तिलाई सिमित बनाउन खोज्दैछन् ।

प्रचण्ड कुनै हालतमा ओलीले चाहेका व्यक्तिलाई राष्ट्रपति बन्न नदिने गरी लागिसकेका छन् । बरु नेपाली काँग्रेससँग नयाँ गठबन्धन बनाउने गरी प्रचण्डको चाल बढिसकेको छ । यसका लागि उनले भित्र भित्रै छलफल चलाइरहेका छन् ।

गत शनिबार प्रचण्डले केपी ओलीलाई भेटेपछि भेट्रान वामपन्थी नेता वामदेव गौतमलाई पनि भेटे । उक्त भेटमा प्रचण्डले काँग्रेसलाई राष्ट्रपति दिनेबारे छलफल गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । उनले नामै किटेर रामचन्द्र पौडेललाई समर्थन गर्न सकिने विषय राखेको बुझिएको छ । वामदेवले पनि ओलीको शक्ति बढ्दा विगतमा समस्या भोग्नुपरेको विषय राख्दै राष्ट्रिय सहमतिमा जानुपर्ने सुझाव दिएको बुझिएको छ । पौडेलको नाममा गौतम पनि सकारात्मक रहेको स्रोतले बतायो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);