चोरीएको ४० बर्ष पछि नकबहीको बुद्धमुर्ति फिर्ता लिन सरकारको उदासिनता ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८१, आइतबार

चोरीएको ४० बर्ष पछि नकबहीको बुद्धमुर्ति फिर्ता लिन सरकारको उदासिनता ( भिडियो रिपोर्ट )

बिसांतर शाक्य \ माउन्टेन टेलिभिजन एचडी ।

काठमाडौँ, माघ १९ । लोकार्ति महाविहारबाट चोरी भएको मूर्ति स्थानीय थाई प्राचीन कला सङ्कलक सुरिन्द लिम्पानोन्दाले किनेको भेटिएको थियो । लिम्पानोन्दाले आफ्नो मृत्य अघि मूर्ति फिर्ता गर्ने मनसाय व्यक्त गरेका थिए । बुबाको इच्छा अनुसार उनकी छोरी प्ररेदा लिम्पानोन्दो मूर्ति फिर्ता गर्ने आशय व्यक्त गरेकी छिन् । तर, नेपालबाट मूर्ति फिर्ताको प्रक्रिया शुरू नगर्दा अलमल भइरहेको छ ।

ललितपुर महानगरपालिका–१६ का वडाध्यक्ष निर्मलरत्न शाक्य कूटनीतिक पहलपछि सन् १९८४ मा पट्को टोलबाट चोरी भएको लक्ष्मी–नारायणको मूर्ति २०७८ वैशाखमा फिर्ता भएर यथास्थानमा प्रतिस्थापन गरिएको भन्दै मूर्ति फिर्ता ल्याउन कानूनी प्रक्रिया तत्काल थाल्नुपर्ने बताउनुहुन्छ ।

चोरी भएका मूर्ति यथास्थानमा प्रतिस्थापन गर्न समुदायसँगै स्थानीय तथा केन्द्र सरकार सक्रिय हुनुपर्छ । तर, सरकारी निकायका पदाधिकारी यस्ता सम्बेदनशील विषयमा सक्रिय छैनन । थाइल्याण्डमा रहनु भएका ज्ञानेन्द्र शाक्य नेपाल सरकार र सम्बन्धित निकायले पहल गरेमा मुर्ति फिर्ता ल्याउन सकिने र आफूले आवश्यक सहयोग गर्न तयार रहेको बताउनु हुन्छ । नकबहिल टोल लिच्छवीकालीन विहार ऐतिहासिक भएपनि संरक्षणको अभावमा जिर्ण भएको र धेरै मुर्तिहरु हराएका छन् ।

लोकाकिर्ति महाविहारबाट चोरिएको मूर्तिबारे लैनसिंह बाङ्देलको स्टोलन इमेजेज् अफ नेपाल (पृ. ९४–९६) मा उल्लेख छ । त्यस्तै, प्रतापादित्य पालको सन् १९७४ मा प्रकाशित आर्ट अफ नेपाल, भाग १ (पृ. ३४) मा पनि यसबारे लेखिएको छ । मेरी शेफर्ड स्लसरको सन् १९८२ मा प्रकाशित नेपाल मण्डल (पृ.२६२) मा पनि मूर्तिबारे उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);