काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री दाहालले दुई अध्यक्षसँग बालुवाटारमा छुट्टाछुट्टै छलफल गरेका हुुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष एवं उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग प्रचण्डले छलफल गरेको उनको सचिवालयले जनाएको छ ।