केन्द्रीय परिषदको बैठक फागुनको दोस्रो हप्ता वीरगंजमा –
काठमाडौँ, १२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसमितिको बैठक डोकेको छ । बैठक यही पुस १९ देखी २१ गतेसम्म काठमाडौँमा बस्ने भएको छ ।
निर्वाचनमा पराजय हुनुको समिक्षा र पार्टीको भावि रणनीतिका बारेमा केन्द्रीय कार्यसमितिको बैठक छलफल हुने राप्रपाले जनाएको छ । राप्रपाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नराम्रोसँग धक्का बेहोरेको छ ।
आज बसेको राप्रपाको पदाधिकारी बैठकले केन्द्रीय परिषदको बैठक फागुनको दोस्रो हप्ता वीरगंजमा गर्ने पनि निर्णय गरेको छ ।