गृहमन्त्री माओवादीबाटै बनाउन प्रधानमन्त्रीलाई दबाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गृहमन्त्री माओवादीबाटै बनाउन प्रधानमन्त्रीलाई दबाब

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा नेताहरुले गृह मन्त्रालय माओवादीले नै राख्नु पर्नेमा जोड दिएका छन् ।

नेताहरूले गृह मन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि माओवादीले लिनुपर्ने धारणा राखेका हुन् । पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव हितमान शाक्य र चक्रपाणि खनालले गृह मन्त्री माओवादी केन्द्रले लिनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रधानमन्त्री सफल हुन गृह, अर्थ र परराष्ट्रमध्ये एक मन्त्रालय हुनुपर्छ नेताहरुको भनाइ थियो । गृहमन्त्रालय पार्टीले लिएपछि जो गएपनि हुने भन्दै उहाँहरुले लामिछानेको मुद्दा किनारा लागि नसकेको अवस्थामा पुनः गृह मन्त्रालयमा फर्काउने गल्ती गर्न नहुने सुझाव दिनुभएको थियो । तत्काल गैर सांसदलाई मन्त्री बनाए सरकारको आलोचना बढ्ने नेताहरुको भनाइ थियो ।

गठबन्धन जोगाउने नाममा गैर सांसदलाई मन्त्री नबनाउन प्रधानमन्त्री प्रचण्डलाई पार्टी पदाधिकारीले दबाब दिएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);