असन्तुष्टका मागलाई संविधान संसोधन मार्फत निर्वाचनमा जाँउःसंयोजक भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८१, बिहीबार

असन्तुष्टका मागलाई संविधान संसोधन मार्फत निर्वाचनमा जाँउःसंयोजक भट्टराई

विवेक विश्वकर्मा
११ चैत भैरहवा ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले असन्तुष्ट पक्षका मागलाई संविधानमा संसोधन गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । उनले मधेसी, जनजाति, आदीवासी लगायतले मागहरुलाई नजरअन्दाज गरेर संसोधन नगरी निर्वाचन गरेमा मुलुक द्धन्द्ध फस्न सक्ने बताए । साथै उनले एमालले संसोधन गर्नै नदिने,

असन्तुष्टका मागलाई संविधान संसोधन मार्फत निर्वाचनमा जाँउःसंयोजक भट्टराई

विवेक विश्वकर्मा ११ चैत भैरहवा । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले असन्तुष्ट पक्षका मागलाई संविधानमा संसोधन गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । उनले मधेसी, जनजाति, आदीवासी लगायतले मागहरुलाई नजरअन्दाज गरेर संसोधन नगरी निर्वाचन गरेमा मुलुक द्धन्द्ध फस्न सक्ने बताए । साथै उनले एमालले संसोधन गर्नै नदिने, छलफलमा लैजाने नदिने कसेको अड्डी अलोकतान्त्रिक भएको बताए ।

 

नयाँ शक्ति पार्टी रुपन्देहीद्धारा भैरहवामा आयोजित हिमाल, पहाड मधेस तराई थरुहट एकता अभियानको सभालाई सम्बोधन गर्दै संयोजक भट्टराईले संविधान संसोधन गर्न सकिने दस्तावेज भएको बताउँदै एमालेले राष्ट्रवादको नारा दिएर संविधान संसोधन गर्नै दिने कसेको अड्डीले पृथकताावादीलाई बल पुग्ने र यसले देश विखन्डनको तर्फ जान सक्ने बताए । उनले मधेसीलाई अधिकार निदिए सिके राउत प्रवितलाई मलजल पुग्ने बताउँदै मधेसीलाई अधिकार दिएर देशलाई विकास तर्फ लैजानमा मदत पुग्ने बताए ।

 

पुर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले एमाले तर्फ संकेत गर्दै बुद्ध नेपालमा जन्मिएको हुन भन्ने तर बुद्धको जन्मस्थानमै बसोबास गर्ने मधेसी विदेशी हुन भन्ने जस्ता उट्पट्याङ्ग कुरा नगर्न आग्रह गरे । त्यस्तै उनले मुलुकमा संधियता विरुद्ध भ्रम फैलाइएको उल्लेख गर्दै संघियताले राष्ट्रलाई मजबुत पार्ने बताए । देश संघियतामा गएमा देश टुक्रिने जस्ता भ्रमहरु फैलाइएका छन् उनले भने संघियताले राष्ट्र टुक्रिदैन थप मजबुत हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);