प्रमिला भण्डारी \ माउन्टेन टेलिभिजन एचडी।
काठमाडौँ, माघ १५ । राष्ट्रिय सभा सदस्यको लागि उपनिर्वाचनको तयारी भईरहेको छ। नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।
माघ २५ गते दाङको घोराहीमा हुने उपनिर्वाचनकालागि नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले उम्मेद्वारी दर्ता गराईसकेका छन् ।