क्यानका अध्यक्षसहितको राजीनामा मागियो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

क्यानका अध्यक्षसहितको राजीनामा मागियो

काठमाडौं, १५ माघ । नेपाल क्रिकेट संघ क्यानको अध्यक्षसहित कार्य सम्पादन समितिका पाँच पदाधिकारीको राजीनामा माग गरिएको छ । सात केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका पदाधिकारीको राजीनामा माग गरेका हुन् ।

अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्याक्ष रोसन सिंह, सदस्यहरु दुुर्गाराज पाठक र पदम खड्का कार्य सम्पादन समितिमा रहेका छन् । केन्द्रीय सदस्यहरु ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, छुम्बी लामा, धर्मराज गिरी र अमितवीर पाण्डेले सात पदाधिकारीहरुको राजीनामा मागेका हुन् ।

उनीहरुले नेपाल टि–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्रि स्पोर्टसलाई दिएर गल्ती गरेको आरोप लगाएका छन् । आफूहरुले बारम्बार सचेत गराउँदासमेत अध्यक्ष र कार्य सम्पादन समितिले जानजान गल्ती गरेको उनीहरुको ठहर छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);