देहरादूनमा दोश्रो इन्डो नेपाल ब्यापार मेला तथा पर्यटन महोत्सव हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, १२ पुष । भारतको देहरादूनमा दोश्रो इन्डो नेपाल ब्यापार मेला तथा पर्यटन महोत्सव हुने भएको छ ।

 

आज काठमाडांैमा पत्रकार सम्मेलन गर्दै मेला आयोजक कंचनपुर उद्योग बाणिज्य संघले भारत उत्तराखण्डको राजधानी देहरादूनमा माघ १९ देखि २५ सम्म मेला हुन लागेको जानकारी गराएको हो । देहरादूनको परेड ग्राउण्डमा एक साता सम्म चल्ने मेलामा १५० वटा स्टल रहने छन् त्यसमा नेपाली उत्पादनका मात्र ५० वटा स्टलहरु रहने छन् ।

 

मेलामा नेपाली हस्तकला,काष्ठकला,पस्मिना तथा ढाका, काँशका भाँडा तथा धातुका मुर्तिहरुका पेभेलियन मुख्य आकर्षण रहने छन् । पाँच करोड भन्दा बढीको कारोबार हुने यो मेलामा नेपाली पर्यटन क्षेत्रको बिकाश तथा प्रबद्र्धधनको लागि विभिन्न अन्तरक्रिया कार्यक्रम समेत हुने आयोजकले बताएको छ । पहिलो इन्डो नेपाल ब्यापार मेला तथा पर्यटन महोत्सव २०७३ मा भारतको देहरादूनमा नै भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);