आप्रवासी चढेको डुङगा डुब्यो, दुई सय बढी बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

आप्रवासी चढेको डुङगा डुब्यो, दुई सय बढी बेपत्ता

भूमध्य सागरमा दुईवटा डुंगा डुब्दा दुईसय भन्दा धेरै आप्रवासी डुबेको आशंका गरिएको छ ।

आप्रवासी चढेको डुङगा डुब्यो

काठमाडौं । भूमध्य सागरमा दुईवटा डुंगा डुब्दा दुईसय भन्दा धेरै आप्रवासी डुबेको आशंका गरिएको छ ।

डुंगामार्फत युरोप जाँदै गरेका आप्रवपासी लिबियाको टापुमा डुबेका हुन सक्ने आशंका गरिएको बिबिसीले जनाएको छ ।

डुबेकामध्ये पाँच जनाको शव फेलापरेको स्पेनको सहायता संस्थाले जनाएको छ ।

डुंगा डुब्दा दुई सय ४० जनाको ज्यान गएको हुन सक्ने आशंका संस्थाको छ । इटालीका कोस्ट गार्डले पनि पाँच जनाको ज्यान गएको पुष्टि गरेका छन् ।

युरोप प्रवेश गर्ने क्रममा गएको वर्ष डुंगा डुब्दा पाँच हजार बढी आप्रवासीको ज्यान गएको थियो ।

सुरक्षित बसोबासको खोजी गर्दै द्वन्द्वग्रस्त राष्ट्रबाट जोखिम मोलेर युरोप प्रवेश गर्नेको संख्या लागातार बढ्दै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);