उत्तर कोरियाको प्योङ्याङमा पाँचदिने ‘लकडाउन’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

उत्तर कोरियाको प्योङ्याङमा पाँचदिने ‘लकडाउन’

एजेन्सी । देशमा श्वासप्रश्वासका बिरामी बढेपछि उत्तर कोरियाको प्योङ्याङमा पाँचदिने ‘लकडाउन’ आदेश जारी गरिएको छ ।

गत अगष्टमा कोरोनामाथि विजय प्राप्त गरेको घोषणा उत्तरकोरियाले बुधबारदेखि लागू हुनेगरी राजधानीभर बन्दाबन्दीको आदेश जारी गरेको हो । प्योङ्याङका बासिन्दालाई आगामी आइतबारसम्म घरभित्रै बस्न तथा हरेक दिन शरीरको तापक्रम जाँच गर्न आदेश दिइएको उत्तर कोरियाली सरकारले जारी गरेको सूचनालाई उद्धृत गर्दै सोलस्थित एनके न्युजले जनाएको छ ।

राजधानीमा फैलिएको रोगलाई कोडिभ–१९ नभनी त्यसलाई रुघाखोकीका रूपमा चित्रण गरिएको छ । राजधानीमा बन्दाबन्दीको आदेश जारी हुने अनुमान गर्दै नगरबासीले दैनिक आवश्यकताका वस्तु भण्डारण गरेको भोलिपल्ट सरकारी आदेश जारी भएको हो । राजधानी प्योङ्याङमा मात्र लकडाउन गरिएको हो वा देशका अन्य शहरमा पनि त्यो लागू गरिएको हो भन्नेबारेमा स्पष्ट गरिएको छैन । राज्य नियन्त्रित सञ्चारमाध्यमले पनि यससम्बन्धमा केही उल्लेख गरेका छैनन् । कोरियाली प्रायद्वीपको यो देशमा निरन्तर तापक्रम घटिरहेको छ ।

हाल यहाँको तापक्रम माइनस २२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । उत्तर कोरियाको छिमेकी तथा प्रमुख व्यापारिक साझेदार चीनले हालै कोभिडविरुद्धको शून्य नीति परित्याग गरेको छ । केही अघि चीनका अस्पताल बिरामीले भरिभराउ भएका थिए भने अन्त्येष्टिस्थलमा ठूलो सङ्ख्यामा शव ल्याइएका थिए । चीनबाट आफ्नो भूमिमा सङ्क्रमण फैलिन नदिन प्रारम्भदेखि नै उत्तर कोरियाले कठोर नीति अवलम्बन गरेको थियो । यद्यपि उसले चीनसँगको व्यापारलाई अनुमति दिएको थियो ।

उत्तर कोरियाले गत एप्रिलमा कोरोनाको प्रकोपले देशलाई गाँजेको स्वीकार गरेको थियो तर तीन महिनापछि चमत्कार भएको भन्दै महामारीबाट मुक्त भएको घोषणा गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);