माओवादीले बाग्मतीमा तीन मन्त्रीको टुंगो लगायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

माओवादीले बाग्मतीमा तीन मन्त्रीको टुंगो लगायो

काठमाडौं, ११ माघ । बाग्मती प्रदेशमा बन्ने तीन मन्त्रीहरुको नाम माओवादी केन्द्रले टुंगो लगाएको छ । माओवादीले मन्त्रीहरुमा गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मोक्तानको नाम सिफारिस गरेको हो ।

आन्तरिक मामिलामा श्रेष्ठ, भौतिक योजनामा दुलाल र मोक्तानले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । आजै नवनियुक्त मन्त्रीहरुले शपथ लिने जनाइको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);