आजदेखि जनमत पार्टीका खानले खानेपानी मन्त्रालय सम्हाल्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

आजदेखि जनमत पार्टीका खानले खानेपानी मन्त्रालय सम्हाल्दै

काठमाडौं, ११ माघ । जनमत पार्टीबाट विना विभागिय मन्त्रीमा शपथ लिएका अब्दुल खानले आजदेखि खानेपानी मन्त्रालय सम्हाल्ने भएका छन् । पार्टीका उपाध्यक्ष तथा प्रवक्ता समेत रहेका खानले विना विभागिय मन्त्रीको रुपमा एक महिना अघि शपथ लिएका थिए ।

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनमतलाई उद्योग मन्त्रालय दिने सहमति भएपनि खानेपानी मन्त्रालय दिइएको थियो । सहमति विपरित मन्त्रालय दिएको भन्दै खानले खानेपानी मन्त्रालय अस्वीकार गरेका थिए ।

उद्योग मन्त्रालयको बारेमा प्रचण्ड र अध्यक्ष सिके राउतबीच एक सातादेखि लामो छलफल हुँदै आएपनि सहमति नभएपछि खानले खानेपानी मन्त्रालयकै कार्यभार सम्हाल्ने निर्णय गरेका हुन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);