चुनढुंगा खानीलाई व्यवस्थित तरिकाले परिचालन गर्ने र दुरुपयोग हुन नदिने | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

चुनढुंगा खानीलाई व्यवस्थित तरिकाले परिचालन गर्ने र दुरुपयोग हुन नदिने

काठमाडौ,१२ पुस । प्रदेशसभा सांसद तथा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तुलाराम घर्ती वसन्तले प्राकृतिक सोत र साधनको उचित प्रयोग गर्ने बताएका छन् । प्राकृतिक सोत र साधनको उचित प्रयोगसम्बन्धी प्रदेशसभा तथा प्रदेश सरकारले नीति नियम बनाउने र जनताको लगानीमा खानी सञ्चालन गर्ने योजना बनाउने उनले बताए ।

रासससँग कुराकानीमा घर्तीले पाल्पामा प्रसस्त रहेका चुनढुंगा खानीलाई व्यवस्थित तरिकाले परिचालन गर्ने र दुरुपयोग हुन नदिने बताए। यस क्षेत्रमा प्रसस्त चुनढुंगा र केही फलाम खानी रहेकाले त्यसको सहीरुपमा सदुपयोग गर्न आवश्यक देखिएको छ । उनले पाँच वर्षमा ५० प्रतिशत बेरोजगारी समस्या हल गर्ने गरिबमुखी कार्यक्रम ल्याउनेसमेत बताए।

प्रदेश क्षेत्रअन्तर्गत एक वडादेखि अर्को वडा कार्यालयसम्म जाने सडक विस्तार गरी ग्राभेल गर्ने काम हुनेछ । पाल्पा निर्वाचन क्षेत्र २ प्रदेश क्षेत्रका वडावडामा बाह्रै महिना यातायात सञ्चालनमा समस्या रहेको छ । प्रदेश क्षेत्रअन्तर्गत रहेको सिद्धबाबाको जोखिम कम गर्ने काम पहिलो प्राथमिकताको हुने उनले बताए ।

विद्युतका पोल कुहिएकाले काठका पोल विस्थापित गरी फलामका पोल राख्न बताए । काठका पोल कुहिएकाले जतिबेला पनि विद्युत् आपूर्तिमा समस्या हुने भएकाले काठका पोल विस्थापित गर्ने योजनामा रहेको घर्तीले बताए ।

खानेपानीको मुहानको अभावमा लेकका बस्तीमा लिफ्टमार्फत खानेपानीको सुविधान प्रदान गर्न आफू लागिपर्ने बताए । पाल्पामा खानेपानीको समस्या रहेकाले लेक बस्तीमा खानेपानीको समस्या समधानमा गरिदिने बताए छन । जनताका आधारभूत समस्या समधानमा केन्द्रित हुँदै अघि बढ्ने घर्तीको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);