काठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच अहिले भेटवार्ता जारी छ । प्रधानमन्त्री दाहाललाई भेट्न सोमबार बिहान सभामुख घिमिरे प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको स्रोतले जनाएको छ ।
उनीहरुबीच समसामयिक राजनीतिक विषय र संसद बैठकको आगामी एजेण्डाबारे छलफल भइरहेको बताइएको छ । सभामुखमा निर्वाचित भएपछि पहिलो पटक घिमिरे बालुवाटार पुुगेका हुन् । नेपाली कांग्रेसले आफू प्रमुख विपक्षी दल हुनुपर्ने माग गर्दै संघीय संसद सचिवालयमा पत्र पठाएको छ ।
नेमकिपाले पनि कांग्रेसले सरकारलाई विश्वासको मत दिएकोले प्रमुख विपक्षी दल भन्न नमिल्ने भन्दै आफुलाई घोषणा गर्न माग गर्दै सचिवालयमा निवेदन दिएको छ । प्रमुख विपक्षी दल कसलाई घोषणा गर्ने त्यसको अधिकार सभामुखलाई छ ।