प्रमुख विपक्षी दलको सुविधा माग गर्दै कांग्रेसले दियो निवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रमुख विपक्षी दलको सुविधा माग गर्दै कांग्रेसले दियो निवेदन

काठमाडौं, ८ माघ । नेपाली कांग्रेसले पनि प्रमुख विपक्षी दलको सुविधा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएको छ । सरकारलाई विश्वासको मत दिएकोले कांग्रेस प्रमुख प्रतिपक्षी नहुने भन्दै नेमकिपाले सचिावलयमा निवदेन दिएको भोलिपल्ट आज कांग्रेसले आफू प्रमुख प्रतिपक्षी दल भएको दाबी गर्दै निवेदन दिएको हो ।

तर, कांग्रेसले गत पुस २६ गते सरकारलाई विश्वासको मत दिएसँगै विपक्षी दल हो होइन भन्ने प्रश्न उठिरहेको बेला कांग्रेसले विपक्षी दलले पाउने सेवा सुविधामाग गर्र्दै निवेदन पेस गरेको हो । संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐन अनुसार प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले विशिष्टिकृत सुविधा प्राप्त गर्ने व्यवस्था छ ।

प्रमुख विपक्षी दलको नेतालाई पारिश्रमिकबाहेक विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधा अन्तर्गत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक रकम, आवास सुविधा बापत्त मासिक २५ हजार ६०८, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च, गार्डघर, सवारीका लागि इन्धन सुविधा, मोविल, बिजुली धारा खर्च, दैनिक भ्रमण भत्ता, यात्रा बिमा लगायतका सुविधा प्राप्त हुन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);