आज सोनाम ल्होसार मनाइदै, टुडिखेलमा महोत्सवको आयोजना | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

आज सोनाम ल्होसार मनाइदै, टुडिखेलमा महोत्सवको आयोजना

काठमाडौं, ८ माघ । आज सोनाम ल्होछार मनाइदैछ । यस पर्वको अवसरमा काठमाडौंको टुडिखेलमा नेपाल तामाङ घेदङुले बृहत तामाङ सांस्कृतिक महोत्सवको आयोजना गरेको छ ।

तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २९५९ ह्योअी–बिरालो वर्षको पवन अवसरमा आज दिउँसो १ बजे काठमाडौको टुँडिखेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आज सरकारले सार्वजनिक बिदा दिएको छ । सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरूको साझा साँस्कृतिक पर्व हो ।

यो चाड पुरानो वर्षको बाह्रौ महिनाको पहिलो दिन अनौपचारिक रूपमा मनाइन्छ । सोनाम लोसार किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो । यसको कुनै पात्रो छैन । औपचारिक रूपमा मनाइने नयाँ वर्ष ग्याल्पो लोसार हो । तामाङहरूले पनि सोनाम लोसार नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो ।

ल्होसार मनाउने समुदायले यस्ता ’ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तैः मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहो¥याएर वर्ष गनिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);