भारतीय दूतावासले आयोजना गरेको 'रन फर लाइफ'मा हजारभन्दा बढी सहभागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतीय दूतावासले आयोजना गरेको ‘रन फर लाइफ’मा हजारभन्दा बढी सहभागी

काठमाडौं, ७ माघ । ‘रन फर लाइफ’को नाराका साथ भारतीय राजदूतावासले पाँच किलोमिटर दौड आयोजना गरेको छ । शनिबार विहान पशुपतिनाथमा आयोजित दौडमा एक हजारभन्दा बढी सहभागी भएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले उद्घाटन गर्नुभएको दौडमा नेपालका चर्चित कलाकार, खेलाडी, आरोहीलगायतको सहभागिता थियो । दौड पूरा गर्नेलाई मेडल वितरण गरिएको थियो । दौड सुरु हुनुपूर्व कलाकार प्रदीप खड्कालगायतले शारीरिक र मानसिक रुपमा स्वस्थ हुनुपर्ने आवश्यकता औल्याउनुभएको थियो ।

भारतले आजादीको अमृत महोत्सव अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्दै आएकोमा वाक फर लाइफ नाराका साथ दौड आयोजना गरेको भारतीय राजदूतावासले जनाएको छ । २६ जनवरीमा भारतको गणतन्त्र दिवस रहेकोले त्यसपूर्व उसले खेल, संगितलगायत विविध क्षेत्रसम्बन्धित कार्यक्रम आयोजना गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);