संसदको त्यो एक मिनेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

संसदको त्यो एक मिनेट

आशिष रेग्मी
काठमाडौं । विद्रोह छाडेर आध्यात्ममा लागेपछि सिके राउतले पछिल्लो समय शालीन व्यक्तिको परिचय बनाएका छन् । सन्यासी राउत चुनावयता सार्वजनिक रुपमा बोल्दा निकै शालीन रुपमा देखिदै आएका थिए । आफुुले चाँहेको मन्त्रालय नपाएपछि आक्रोशीत भएका राउतले बुधबार नै सामाजिक सञ्जाल मार्फत सरकार समक्ष आक्रोश पोखिसकेका थिए । तर, उनको आक्रोश त्यतिमा मात्र सिमित भएन । आजको संसद भित्रपनि पोखियो । जनमत पार्टीका अध्यक्ष राउत आजको संसदमा निकै आक्रामक रुपमा प्रस्तुत भए ।

राउतले मधेशी र थारु समुदायलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको नारा दिएको भन्दै संसदबाटै असन्तुष्टि प्रकट गरे । साथै, उनले मधेश आन्दोलनमा मृत्यु भएकाहरुलाई राज्यले शहीद घोषणा गरेको, तर संसदले नसम्झिएको भन्दै विरोध जनाए ।

मधेश बलिदानी दिवसको अवसरमा एक मिनेट मौन धारण गर्न चाहेको भन्दै उनले भने–‘यसमा तपाईहरुले सम्मान दिन सक्नुहुन्छ कि सक्नु हुन्न ? उनले रोष्टममै उभिएर मौन धारण गर्न सुरु गरेपछि सांसदहरु अलमलमा परे । मधेशवादी दलका सांसद उठे । तर, अन्य सांसदले भने यताउता हेर्न थाले । अध्यक्ष रवि लामिछाने उठेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य सांसदपनि उठे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने उठेनन् ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा केही समयपछि उठेर पछाडि हेर्दै आफ्ना पार्टीका सांसदहरुलाई उठ्न इशारा गरे । काँग्रेसका सांसदहरुले पनि मौनधारण गरे । तर, सत्तापक्षका एमाले र माओवादी केन्द्रका सांसदहरु भने उठेनन् । राउतले घडि हेररै मौन धारण गर्दा संसदको त्यो एक मिनेट अन्य सांसदहरुलाई भने छटपटी भएको दृश्य देखिन्थ्यो ।

राउतले सामाजिक सञ्जाल मार्फत मधेश आन्दोलनको चेतावनी दिएको भोलिपल्टै मौन धारणको अस्त्र फाल्नुलाई राजनीतिक वृतमा चाँसोको रुपमा हेरिएको छ । उनले यसबाट मधेशप्रति कुन दल र तिनका सांसदहरु सकारात्मक छन् र को छैनन् भन्ने सन्देश दिन खोजेको देखिन्छ । सरकार गठनका बेला प्रचण्डलाई साथ दिएका राउतले विश्वासको मत समेत दिए । तर, उनको प्रचण्डसँगको दुरी बढ्न थालेको छ ।

राउतले मधेशी, थारुलगायतको चर्को मुद्दा उठाएर राजनीतिक शक्ति सञ्चय गर्न खोजिरहेको संकेत देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);